काठमाडौं, १ चैत। पछिल्लो २४ घन्टामा ८३ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सात हजार आठ सय ८४ जनामा गरिएको कोरोना परिक्षण गर्दा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
जसअन्तर्गत चार हजार सात सय ३४ जनाको पिसिआर परीक्षण गर्दा ५७ जना, तीन हजार एक सय ५० एन्टीजेन परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुने संख्या शून्य रहेको छ। भने हाल सक्रिय संक्रमितको संख्या चार हजार सात सय ४६ रहेको छ।
