स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्ने काम जारी छ: मन्त्री पौडेल

स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्ने काम जारी छ: मन्त्री पौडेल


  • 4.4K
    SHARES
    • फाल्गुण १५, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.7K Views

    स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्ने काम जारी छ: मन्त्री पौडेल

    काठमाडौं, १५ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले नीतिगत विषयहरुलाई पूर्णता दिनेगरी काम भइरहेको बताउनु भएको छ । 
    बिहीबार काठमाडौंमा २८ औ स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित समारोहमा उहाँले नीतिगत व्यवस्था गर्नुपर्ने विषयहरुका बारेमा ड्राफ्ट तयार गरिरहेको भन्दै स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्नेतर्फ लागेको बताउनु भएको हो। 

    images

    उहाँले भन्नुभयो, ‘हामीले स्वास्थ्य सेवा ऐन पनि छिटै ल्याउदैँ छौ । यसको साथै अन्य ऐनहरुको पनि तयारी गर्दैछौ । विकास समिति ऐनको तयारी भइरहेको थियो, औषधी ऐनको तयारी भइरहेको छ । गुणस्तर ऐनको तयारी भइरहेको छ । धेरै नीतिगत व्यवस्था गर्नुपर्ने विषयहरुका बारेमा ड्राफ्ट तयार गरिरहेका छौ । नीतिगत कामहरुलाई पूर्णतातर्फ लाने कामहरु गरिरहेका छौ ।’ 

    यसको साथै, उहाँले देशका जनशक्ति देशभित्र बस्न नचाहनु आजको सबैभन्दा ठूलो चुनौती भएको भन्दै यस क्षेत्रमा पनि अध्ययन आवश्यक रहेको बताउनुभयो ।


    तेस्रो आँखा