• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट


  • 5.8K
    SHARES
    • फाल्गुण १५, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 9.0K Views

    सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौं, १५ फागुन । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

    images

    छापावाल सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा