युरोपेली परिषद् त्याग्ने रूसकाे घोषणा

युरोपेली परिषद् त्याग्ने रूसकाे घोषणा


  • 6.7K
    SHARES
    • चैत्र २, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    युरोपेली परिषद् त्याग्ने  रूसकाे घोषणा

    एजेन्सी, २ चैत। रुस सरकारले युरोपेली परिषद् (सीओइ) त्याग्ने घोषणा गरेको छ। युक्रेन अतिक्रमणलाई लिएर मस्कोलाई परिषदबाट निस्काशन गर्नुपर्ने आवाज उठिरहेका बेला रुस आफैले परिषद् त्याग्ने घोषणा गरेको हो।

    images

    स्ट्रासबर्गमा रहेको परिषद् त्याग्नुअघि रुसी विदेश मन्त्रालयले त्यसबारे  महासचिव मारिजा पेजसिनोभिक बुरिकलाई जानाकारी गराएको थियो।

    निर्णयसँगै रुसले परिषदसँगको २५ वर्षदेखिको सम्बन्ध तोडेको छ। युरोप परिषद् छाडेपछि रुसले मानव अधिकारसम्बन्धी युरोपेली सन्धि (ईसीएचआर) मा हस्ताक्षर गर्ने छैन भने रुसी नागरिकहरूले मानव अधिकारसम्बन्धी युरोपेली अदालत (ईसीएचआर) मा पहुँच हुनेछैन। 

    युरोपेली परिषद्को इतिहासमा सदस्यता त्याग्ने रुस दोस्रो देश हो। यसअघि सन् १९६० मा ग्रीसले अस्थायी रुपमा परिषदको सदस्यता त्यागेको थियो। 


    तेस्रो आँखा