• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि


  • 6.0K
    SHARES
    • फाल्गुण २६, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 9.2K Views

    सुनको मूल्यमा सामान्य वृद्धि

    काठमाडौँ, २६ फागुन । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    यसअघि आइतबार सुन तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १ हजार ९८५ रुपैयाँमै कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको १ हजार ९८५ रुपैयाँमै कारोबार भएको थियो ।


    तेस्रो आँखा