तुलसीपुर, २९ फागुन । चलचित्र पत्रकार नेपाल दाङ शाखाको आयोजनामा चलचित्र "द्रोपदी" टिमका कलाकारहरुलाई साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । "द्रोपदी" चलचित्रका निर्देशक ऋषिराज आचार्य, कलाकारहरु रवि ओड, आश्विनी शाही, सुजता तिमिल्सिना र प्रकाश ज्ञवालीसंग साक्षात्कार कार्यक्रम गरेको हो ।
"चलचित्र पत्रकारको सार, व्यवसायीक पत्रकारितामा सञ्चारको कर्म" भन्ने मुल नाराका साथ चलचित्र पत्रकार नेपाल दाङका अध्यक्ष सन्तोष केसिको अध्यक्षतामा कार्यक्रम भएको थियोे ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख प्रक्ता तथा निर्देशक ऋषिराज आचार्यले परम्परागत प्रथा वा सांस्कृतिमा आधारित भएर चलचित्र "द्रोपदी" निर्माण गरेको बताउनुभयो । बिशेष गरि पश्चिम नेपालका हिमाली भेगमा बसोबास गर्ने विभिन्न जातजातिहरु मध्ये "सुस्सो पा" भन्ने जातिमा भएको प्रथा अनुसार जेठोले बिवाहा गर्याे भने अरु भाईहरुले नगर्ने चलन रहेको आचार्यले बताउनु भएको छ । यहीँ प्रथालाई झल्काउदै परम्परागत समानमा भएका गतिविधिहरुलाई समेटेर नयाँ पुस्तासम्म पर्दशन गर्ने गरि "द्रोपदी" चलचित्र ल्याएको उहाँको भनाइ छ ।
'पछिल्लो पुस्ताले नेपालमा भएका विभिन्न जातजाति तथा संस्कृतिहरुको बारेमा जानकारी पाएका छैनन्' उहाले भन्नुभयो, 'सोही कुरालाई आधारित मानी नेपालको विगतलाइ चलचित्रमा समेटि प्रदशन गर्न लागिएको हो' । नेपाली सांस्कृतिकलाई पनि अन्तर्राष्ट्रिय स्तरमा प्रदशन गर्नका लागि चलचित्र "द्रोपदी" अन्तर्राष्ट्रिय स्तरका चलचित्रमा छनोट भएको बताउनुभयो । साथै आम दर्शकहरुले "द्रोपदी" चलचित्रलाई हेर्न र चलचित्रको कथा मन्न गर्दै प्रचारप्रसारमा सहयोग गर्न आग्रह गर्नुभयो ।
कलाकार रवि ओड, आश्विनी शाही, सुजता तिमिल्सिना र बिजय ज्ञवालीले चलचित्रले पुरानो सांस्कृतिलाई झलकाउदै नयाँ पुस्तालाई पुरानो पुस्ताहरुमा भएकाे प्रथा देखाएको बताउनुभयो । चलचित्र "द्रोपदी" लाई आम दर्शकहरुको माया आवश्यकता भएको र सबैले हेरेर साथ दिन आग्रह गर्नुभयो ।
चलचित्र पत्रकार नेपाल लुम्बिनी प्रदेशका संयोजक शिव पुनको स्वागत मन्तव्य सुरु भएको कार्यक्रम सहजिकरण चलचित्र पत्रकार नेपाल दाङ शाखाकी सचिव निरला आर्यालले गर्नुभएको थियोे ।
