हाेली पर्वको आफ्नै महत्त्व छ : पुर्व मुख्यमन्त्री चाैधरी

हाेली पर्वको आफ्नै महत्त्व छ : पुर्व मुख्यमन्त्री चाैधरी


  • 13.7K
    SHARES
    • फाल्गुण ३०, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 21.1K Views

    हाेली पर्वको आफ्नै महत्त्व छ : पुर्व मुख्यमन्त्री चाैधरी

    तुलसीपुर, १ चैत । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीले हाेली पर्वकाे आफ्नै महत्त्व हुने बताउनु भएको छ । शुक्रबार तुलसीपुरमा रिपोर्टर क्लब दाङ शाखाको आयोजनामा हाेली पर्व मिलन कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनु भएको हाे ।

    images
    FB_IMG_1741941833145.jpg


    नेपाल एक बहुजातीय, बहुसांस्कृति र बहु धार्मिक देश भएकाले यहाँ बसाेबास गर्ने नागरिकहरुले आ-आफ्नै तरिकाले हाेली मनाउने गरेको उहाँले बताउनुभयो । एकता र सदभावले मात्रै बिकासको बाटो पहिल्याउने भन्दै समाजको हित तथा बिकासमा साझा रुपमा प्रस्तुत हुनुपर्ने उहाँले उल्लेख गर्नुभयाे । हाेलीकाे रंगिन रङहरुसंग सहकार्य गर्दै विकासको बाटो राेज्नुपर्ने मुख्यमन्त्री चाैधरीकाे भनाइ छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले सबैको एकता र सहमतिबाट मात्रै सम्मुनत समाज निर्माणको परिकल्पना गर्न संभव हुने बताउनु भएको छ । हाेली पर्व एक रङगिन पर्व हाे यश पर्वले सबैकाे जिवनमा थप उर्जा र शक्ति स्थापना हुने उहाँको भनाइ छ ।

    Messenger_creation_D60697F4-5259-4CF7-B981-A506024D24A1.jpeg
    Messenger_creation_BE2C4158-5074-4649-807E-E0F1A384405D.jpeg

    दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, नेपाल पत्रकार महासंघका निवर्तवान अध्यक्ष विपुल पाेख्रेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष सुदिप गाैतम, तुलसीपुरका बरिष्ठ बित्तीय अधिकृत तथा अडानका दाङ जिल्ला अध्यक्ष ललितकुमार घर्ती तथा सुरेन्द्र जिसी लगायतका व्यक्तिहरुले हाेली पर्वले समानता कायम गर्न मद्दत पुर्‍याउने बताउनुभयो ।

    हाेली मेलन कार्यक्रम रिपोर्टर क्लब दाङका अध्यक्ष सरद रेग्मीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सहजिकरण रिपोर्टर क्लब दाङका महासचिव बिमल गाैतमले गर्नुभएको थियोे ।

  • सम्बन्धित विषय:

  • # डिल्ली बहादुर चाैधरी

  • तेस्रो आँखा