• ट्रेण्डिङ्ग :
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो


  • 4.1K
    SHARES
    • चैत्र २, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 6.4K Views

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौँ,  चैत २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको शनिबार को बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर  पाँच रुपियाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर  चार रुपियाँले घटाउने निर्णय गरेको हो । 

    images

    मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपियाँ ५० पैसा, एक सय ६२ रुपियाँ र एक सय ६३ रुपियाँ तथा डिजेल(मट्टितेल प्रतिलिटर एक सय ४८ रुपियाँ ५० पैसा, एक सय ५० रुपियाँ र एक सय ५१ रुपियाँ कायम भएको छ । 

    इण्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको हो । 


    तेस्रो आँखा