तुलसीपुर, ९ चैत । दाङको तुलसीपुरमा ‘रोयल फुड किचेन एन्ड रेस्टुरेन्ट’ सञ्चालन आएको छ । उक्त रेस्टुरेन्टबाट मासिक ४ /५ लाख बराबरको रकम आम्दानी हुदै आएको रेष्टुरेन्ट सञ्चालक रामबहादुर घर्तीले बताउनुभयो ।
शनिबार तुलसीपुरको ‘रोयल फुड किचेन एन्ड रेस्टुरेन्ट’ पत्रकार भेटघाटमा रेष्टुरेन्टले दिने सेवा सुविधाको बारेमा घर्तीले जानकारी दिनुभएको थियोे ।
शान्तिनगर-३ पेदाका २५ बर्षिय रामबहादुर घर्तीले १० बर्षसम्मकाे सेफकाे अनुभवलाई बटुल्नु भएकाे घर्तीले स्वदेशमै आएर रेस्टुरेन्ट संचालन गर्नुभएको छ। १० बर्षसम्म भारतको गुवामा सेफको नोकरी गर्दै आउनु भएको घर्तीले स्वदेश आएर आफ्नै लगानीमा रेष्टुरेन्ट सञ्चालनमा ल्याउनु भएको हो । आफ्नो सिपलाई स्वदेशमै लगानी गरेर आयआर्जन गर्ने उदेश्यले रेष्टुरेन्ट सञ्चालनमा ल्याएको उहाँको भनाइ छ ।
व्यवसायी घर्तीले ३५ देखि ४० लाखसम्म लगानी गरेर रेष्टुरेन्ट सञ्चालनमा ल्याउनु भएको छ । विगत ६ महिनादेखि उहाँले यो व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । साथै ४ जना व्यक्तिहरुलाई रोजगारी पनि प्रदान गर्नुभएको छ । 
रेष्टुरेन्टमा सुसी, तन्दुरी फीस, कबफ, मटन लेमचप, मोजीतो र क्रिस्पी अमेरिकन मकै लगायतका विभिन्न प्रकारका परिकारहरु बनाउने गरेको उहाँले जानकारी दिनुभयो । चाइनिज, इटाली , तन्तुर र नेपाली खानाका परिकमरहरु बनाउन गर्नुभएको छ । 'ग्राहकको विशेष रोजाईमा नाम्लो सेट परेको छञ उहाँले भन्नुभयो' २०/२५ वटा सम्मका परिकारहरु नाम्लो सेटमा परेका हुन्छ' । १५ सय देखि ४ हजार रुपैयाँसम्मका नाम्लो सेट पाउने गरेको घर्तीको भनाइ छ ।
उक्त रेष्टुरेन्ट विभिन्न प्रकारका खाना तथा खाजाका परिकार पाइन्छ । जहाँ चिकेन तथा भेज खानाका विभिन्न सेटहरु पाइन्छ । सुसी, तन्दुरी फीस, कबफ, मटन लेमचप, मोजीतो र क्रिस्पी अमेरिकन मकै लगायतका विभिन्न प्रकारका परिकारहरु बनाउने गरेको उहाँले जानकारी दिनुभयो ।
विदेशी खानाका परिकारहरु पाइनुका साथै आन्तरिक तथा बाह्य ग्राहकहरु आउने गरेका छन । चाइनिज ग्राहकहरु रेष्टुरेन्टमा आउने गरेको उहाँको भनाइ छ। साथै स्थानिय ग्राहकहरुलाई एकपटक आएर यहाँका खाजा तथा खानाको परिकारहरुको स्वाद लिइदिन आग्रह गर्नुभयो । उक्त रेष्टुरेन्टबाट खाजाहरु अडर गरेमा हाेमडेलिभरी समेत गर्ने गरेकाे जानकारि दिनुभयाे ।
व्यवसायी घर्तीले विदेश जानका लागि लगानी गरिने पैसा स्वदेशमै लगानी गर्ने हो भन्ने सफल व्यवसायी बन्न सकिने उहाँको भनाइ छ । उहाँले आम युवासाथिहरुलाई विदेशमा लगानी गर्ने पैसा स्वदेशमै लगानी गरेर आत्मनिर्भर बन्न आग्रह गर्नुभयो ।
