• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ९ सय घट्यो

सुनको मूल्य तोलामा ९ सय घट्यो


  • 3.5K
    SHARES
    • चैत्र ९, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.4K Views

    सुनको मूल्य तोलामा ९ सय घट्यो

    काठमाडौं, चैत १० । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आइतबार सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा नौ सय र चाँदी तोलामा १५ रुपियाँले घटेको छ ।

    images

    गत शुक्रबार प्रतितोला एक लाख ७५ हजारमा कारोबार भएको सुन आज नौ सयले घटेर प्रतितोला एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यसैगरी, चाँदी प्रतितोला रू एक हजार ९८० मा खरिद बिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस


    तेस्रो आँखा