काठमाडौं, ४ चैत । पछिल्लो २४ घण्टामा नेपालभर ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालभर पाँच हजार नौ सय १४ जनाको नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई हजार पाँच सय ९२ जनाको पिसिआर परीक्षणका क्रममा १२ जनामा र तीन हजार तीन सय २२ जनाको एन्टीजेन परीक्षणका क्रममा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २४ घण्टामा तीन सय ९२ जना कोरोना संक्रमित निको भएका छन् भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
नेपालभर हाल सक्रिय कोरोना संक्रमितको संख्या तीन हजार नौ सय ९६ रहेको छ ।

