• ट्रेण्डिङ्ग :
सुनको मूूल्यमा निरन्तर गिरावट

सुनको मूूल्यमा निरन्तर गिरावट


  • 3.5K
    SHARES
    • चैत्र २४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.3K Views

    सुनको मूूल्यमा निरन्तर गिरावट

    काठमाडौं, २५ चैत । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।

    images

    छापावाल सुनको मूल्य तोलाको १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन तोलामा १ लाख ७४ हजार ५ सय रुपैयाँका कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य भने ३० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४९ हजार ५ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ५ सय ६९ रुपैयाँ कायम भएको छ ।


    तेस्रो आँखा