पवनसंगै लहकिदै, मनको रहर फेर्दै !
मिर्मिरेको उषासंगै, रंग - शोभा भर्दै !!
सु - कुमार पल्लवी ती , अझैं उदार मन !
श्रीष्टिकै बहाक यिनि लुटिदैछन किन ?
कुमारित्व लुकाउ भन्दा , लाप्पा मारी दिन्छ !
सुवास छर्न न पाउँदै , डाली हल्लाई दिन्छ !!
तर , पनि फुलि रहे , फुलहरु धरती सजाउँन !
गाह्रो भयो यै , धरतिमा ईज्जत् जोगाउँन !!
आउँछ दुष्ट भमरा , भुनुनुनु डाली हल्लाउँदै !
एक - एक पुष्प चुस्दै , ईज्जत् संग खेल्दै !!
निर्बलसरी मुक दर्शक , बनी हेर्छ माली !
ओईलाई झरे पुष्प कण , शुन्य भए डाली !!
रुन्छ होला बिछोडमा , उसको पनि मन !
न चाहँदै झरी दिंदा , सुन्दर उसको तन !!
कसो गरि बित्छ होला , उसको एक्लो पन ?
साथ दिउँ ! अमुल्य छन , प्रकृतिका अनमोल धन !!
अस्तु :
सुशील रावत
