• ट्रेण्डिङ्ग :
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च


  • 6.9K
    SHARES
    • चैत्र ३०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 10.6K Views

    सुनको मूल्य हालसम्मकै उच्च

    काठमाडौं, ३१ चैत । नेपाली बजारमा सुनको मूल्यले आज (आइतबार) नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो ।

    images

    छापावाल सुनको मूल्य तोलाको १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलाको १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेर १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा