• ट्रेण्डिङ्ग :
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो


  • 9.4K
    SHARES
    • बैशाख ३, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 14.5K Views

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    images

     

    काठमाडौँ, वैशाख ३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपियाँ घटाएको हो ।

    मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एकसय ५७ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपियाँ र तेस्रो वर्गका लागि एकसय ६० रुपियाँ तोकिएको छ । 

    यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि एकसय ४३ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि एकसय ४५ रुपियाँ र तेस्रो वर्गका लागि एकसय ४६ रुपियाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौँ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

    इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा तीन रुपियाँ १५ पैसा र डिजेलमा दुई रुपियाँ ६२ पैसाले घटेर आएकाले स्थानीय बजारमा पनि मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।


    तेस्रो आँखा