फुल राम्रो गुलाबको,  वासना  केवराको !

फुल राम्रो गुलाबको,  वासना  केवराको !


  • 7.8K
    SHARES
    • बैशाख ३, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 12.0K Views

    फुल राम्रो गुलाबको,  वासना  केवराको !

    फुल राम्रो गुलाबको,  वासना  केवराको ! 
    लाली र गुराँस , मखमली छ्न फुलिराको !!
    सुनकेसरी फुलमाथी,  पुतली का छ्न ताँती !
    भुनुनुनु भमराको, ध्वनि छ त्यस माथी !! 

    images

    एउटै थली फुलका थुंगा, बुटा छन खुलेका !
    रमाइलो लाग्छ , प्रकृति जाग्छ , सबै छन झुलेका !!
    विपना दिनको , कल्पना छिनको , सपना रातैमा !
    भुवा झैं मन भौंतारी डुल्छ , सम्झना साथैमा !! 

    खानु न पिउनु , बोल्नी न बस्नु , उडन्ते मन भयो !
    ओठको चुम्मा ओठमै रह्यो , बिरानो पन भयो !!
    विरह चल्छ , जल्दछ मन , प्रेम को आगोले !
    वैंशको व्यथा उर्लेर फुट्छ , कल्पना छाँगोले !! 

    निष्ठुरी माया हेरेर ऐना बसे छ न बोली , 
    मनको बाँध फुटेर बग्न ,  सक्दैन न खोली !!
    एकै र मुठी मुटुको फिस्टो, धड्कन्छ परानी !
    परानी उड्छ , पिंजरा जल्छ, मन हुन्छ खरानी !! 

                                          अस्तु : 


    तेस्रो आँखा