सम्झना छ भनी दिनु , मेरो माया लाई ,
मुटुभरि माया साँची ,पर्खी बस्नेलाई !
फोटो हेरि एकान्तमा , सपना सजाउने लाई ,
हृदय का चाहतहरु , गित बनाई गाउँने लाई !
सञ्चै ! छ है भनी दिनु , मेरो सानिलाई ,
पृयतम को पर्खाइमा , बस्ने उनिलाई !!
देउरालिको बाटो हेर्दै , टोलाई बस्नेलाई ,
चाँडै फर्की आओस भनी , भाकल गर्ने लाई !
तारा गन्दै अंधेरिमा , सम्झी रुनेलाई ,
रुमाल चिनो, लागि दिनु , मेरि उनिलाई !
हराउँदैन कसै गरि , चोखो हाम्रो माया ,
जती भुल्न खोजे पनि , उसकै आउँछ छाँया !
हृदय को धड्कन बनी , बसि दिनेलाई ,
माया बोकि आउँछ भन्नु , मेरि प्यारी लाई !
अस्तु ।
