• ट्रेण्डिङ्ग :
दानव नदीमा बेपत्ता भएका तीनै बालकको शव फेला

दानव नदीमा बेपत्ता भएका तीनै बालकको शव फेला


  • 6.8K
    SHARES
    • बैशाख ९, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 10.4K Views

    दानव नदीमा बेपत्ता भएका तीनै बालकको शव फेला

    काठमाडौं, ९ बैशाख  । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनै बालकको शव फेला परेको छ । सोमबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता भएका १४ वर्षीय राज यादवको शव त्यही दिन भेटिएको थियो भने अन्य दुई बालक १३ वर्षीय उमेश यादव र १२ वर्षीया मुनु हरिजनको शव मंगलबार बिहान निकालिएको हो ।

    images

    बेपत्ता बालकहरूको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट गोताखोर टोली सोमबार राति नै घटनास्थलमा खटाइएको थियो । गोताखोर टोलीले मंगलबार बिहान बाँकी दुई बालकको शव निकालेको हो । बालकहरू स्थानीय हुन् ।

    घटनाले स्थानीय बासिन्दालाई निकै मर्माहत बनाएको छ । सुरक्षा निकायले गर्मीयाममा नदी र खोलामा पौडी खेल्दा सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।


    तेस्रो आँखा