• ट्रेण्डिङ्ग :
नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट

नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट


  • 1.8K
    SHARES
    • बैशाख ९, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 2.8K Views

    नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट

    काठमाडौं, ९ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट आएको छ ।

    images

    आज नेप्से परिसूचक शून्य दशमलव ३६ प्रतिशतले घटेर दुई हजार छ सय ८८ दशमलव ३२ को विन्दुमा कायम भएको हो ।

    आज ३१९ कम्पनीको दुई करोड २५ लाख ५५ हजार ७१३ कित्ता शेयर ७१ हजार ६९४ पटक खरिदबिक्री हुँदा आठ अर्ब ३२ करोड १२ लाख ८२ हजार १८८ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ७९, उत्पादन तथा प्रशोधन समूह एक दशमलव १८ र अन्य समूह दुई दशमलव २१ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।

    नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ४४ अर्ब ६० करोड ३७ लाख ९४६ बराबरको शेयर खरिदबिक्री भएको छ ।

    कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्टेष्टमेन्ट फन्ड–२ को १८ लाख १७ हजार १७५ कित्ता शेयर किनबेच भएको छ ।


    तेस्रो आँखा