• ट्रेण्डिङ्ग :
रुकुम पश्चिममा बस दुर्घटना हुँदा पाँच जना घाइते

रुकुम पश्चिममा बस दुर्घटना हुँदा पाँच जना घाइते


  • 4.2K
    SHARES
    • बैशाख १२, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 6.4K Views

    रुकुम पश्चिममा बस दुर्घटना हुँदा पाँच जना घाइते

    रुकुम, वैशाख १२ । रुकुम पश्चिमको नुवाकोटदेखि नेपालगञ्ज जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन् ।

    images

    रुकुम पश्चिमको नुवाकोटदेखि नेपालगञ्ज जाँदै गरेको लु २ ख ६२७१ नम्बरको फोर्सगाडी दुर्घटना भएको हो । घाइतेमध्ये तीन जनालाई हातखुट्टामा चोट लागेको छ भने दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

    घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि सल्यानको बागचौर लगिएको र हालसम्म चालक फरार रहेको प्रहरी चौकी सिमखोलीका इन्चार्ज कृष्ण शाहले जानकारी दिनुभयो । घाइतेहरूको विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।


    तेस्रो आँखा