नाम के हो थाहा छैन , हैन चिन्या पनि !
लहरा झैं केश उनको , मुस्कुराँउने बानी !!
के साइनो ले पुकारौं म , साथुली उनिलाई !
सपनिमा घरिघरि , आई दिने लाई !!
चन्द्ररुपी मुहार उनको , नसालु ती आँखा !
कसम खाई भन्छिन दिन्छु , जिवनभरी साथ !!
कसो गरि सम्झाउँने हो , भाकल गर्नेलाई !
सपनिमा घरीघरी , आई दिनेलाई !!
नाम सोध्दा सर्माएर हुने , पानी - पानी !
दौँतरी लाई चिनाउँ छिन रे , जिवनसाथी भनी !!
के गर्ने हो एकहोरो , माया लाउने लाई !
सपनिमा घरीघरी , आई दिनेलाई !!
अस्तु : सुशील रावत
