काठमाडौं, ६ चैत । नायिका प्रिंयका कार्कीमाथि क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ । कार्कीलाई डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा आइतबार अनुसन्धानको लागि ब्युरोमा बोलाइएको ब्युरोका एक अधिकारीले बताएका छन् ।
केही समय अघि उनले क्रिप्टोकरेन्सीमा ‘मैले लगानी गरेको छु, तपाईहरु पनि लगानी गर्नुस्’ भनेको भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । सोही कारण उनलाई अनुसन्धानको दायरामा ल्याइएको ब्युरोको भनाई छ ।
नेपाल राष्ट्रबैंकले क्रिप्टोकरेन्सी गैह्र कानूनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कारबाही हुने चेतावनी दिएको छ ।
