काठमाडौं, ६ चैत । पछिल्लो २४ घण्टामा नेपालभर थप ३७ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपालभर चार हजार ६१ जनाको नमुना परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई हजार सात सय ९८ जनाको पिसिआर परीक्षणका क्रममा २८ जनामा र एक हजार दुई ६३ जनाको एन्टीजेन परीक्षणका क्रममा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण शून्य जनाको मृत्यु भएको छ भने तीन सय ८२ जना कोरोना संक्रमित निको भएका छन् ।
नेपालभर हाल सक्रिय कोरोना संक्रमितको संख्या तीन हजार दुई सय ४२ रहेको छ ।
