• ट्रेण्डिङ्ग :
तोलामा एक हजार सात सयले बढ्यो सुन

तोलामा एक हजार सात सयले बढ्यो सुन


  • 1.9K
    SHARES
    • बैशाख २४, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 2.9K Views

    तोलामा एक हजार सात सयले बढ्यो सुन

    काठमाडौँ,  वैशाख २४ ।  अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा  एक हजार ७०० ले वृद्धि भएको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ६०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भइरहेको छ । 

    मङ्गलबार प्रतितोला सुन रु एक लाख ८९ हजार ९०० र त्यति नै परिमाणको चाँदी एक हजार ९६५ मा खरिदबिक्री भएको थियो ।

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन  तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रासस 


    तेस्रो आँखा