• ट्रेण्डिङ्ग :
नीति तथा कार्यक्रममाथिको छलफल जारी

नीति तथा कार्यक्रममाथिको छलफल जारी


  • 2.4K
    SHARES
    • बैशाख २४, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 3.6K Views

    नीति तथा कार्यक्रममाथिको छलफल जारी

    काठमाडौं, २४ बैशाख । सङ्घीय संसद्को प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ ।

    images

    राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका आगामी आर्थिक वर्ष २०८२र८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा आज पनि दलीय आधारमा सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।

    नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले सरकारले स्रोत सुनिश्चित भएर मात्रै बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो।

    उहाँले मुलुक कृषि प्रधान देश भए पनि आत्मनिर्भर बन्न नसकेको हुँदा सरकारले आगामी दिनमा आत्मनिर्भर बनाउन प्रयास गर्नुपर्ने बताउनुभयो । गैरआवासीय नेपाली (एनआरएनए) को दोहोरो नागरिकता, बसोबास, सम्पत्ति राख्नेलगायत विषयमा सरकारले छुट्टै नीति ल्याउनुपर्ने उहाँको भनाइ छ ।

    नेपाल कम्युनिष्ट पाटी (एमाले) का सांसद ईश्वरबहादुर रिजालले विज्ञान र प्रविधिलाई आत्मसात् नगरी अगाडि बढ्न नसकिने भएकाले यी विषयवस्तुमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

    नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र)का सांसद महिन्द्र राय यादवले देशको आर्थिक विकासका लागि सार्वजनिक–निजी साझेदारी (पिपिपी) ढाँचामा जानुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजना अलपत्र भएकाले यसलाई व्यवस्थित गराउँदै लानुपर्ने माग गर्नुभयो ।

    सांसद रायले नेपाली जनताले अहिले पनि खानेपानीको समस्या भोगिरहेका भन्दै सरकारले शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने जोड दिनुभयो । उहाले सरकारले कृषि क्षेत्रको विकासलाई १० प्रतिशत बजेट छुट्याउनुपर्ने बताउनुभयो ।


    तेस्रो आँखा