सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट


  • 3.2K
    SHARES
    • बैशाख २६, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 4.9K Views

    सुनको मूल्यमा गिरावट

    काठमाडौं, २६ बैशाख । कारोबार साताको अन्तिम दिन नेपाली सुन बजारमा उल्लेखनीय गिरावट आएको  छ । शुक्रबार सुनको मूल्य प्रतितोला १,४०० रुपैयाँले घटेको छ 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १,९०,६०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा कम हो । बिहीबार सुन प्रतितोला १,९२,२०० रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य भने आज केही वृद्धि भएको छ । महासङ्घका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला १,९६० रुपैयाँ पुगेको छ, जुन बिहीबारको तुलनामा ५ रुपैयाँले बढी हो । बिहीबार चाँदीको मूल्य प्रतितोला १,९५५ रुपैयाँ रहेको थियो ।


    तेस्रो आँखा