सुनको मूल्य ३७ सय रुपैँयाले घट्यो

सुनको मूल्य ३७ सय रुपैँयाले घट्यो


  • 4.3K
    SHARES
    • बैशाख २९, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 6.5K Views

    सुनको मूल्य ३७ सय रुपैँयाले घट्यो

    काठमाडौं, २९ बैशाख । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ३७ सय रुपैयाँले घटेर १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यसअघि आइतबार छापावाल सुन १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार पनि सुनको मूल्यमा ३ सय रुपैयाँले गिरावट आएको थियो, तर आजको गिरावट तुलनात्मक रूपमा धेरै रहेको छ ।

    सुन मात्र होइन, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ । आइतबार प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर १ हजार ९६० रुपैयाँमा झरेको छ ।

     


    तेस्रो आँखा