सुनको मूल्य ९९ हजार पाँच सय रुपैयाँ

सुनको मूल्य ९९ हजार पाँच सय रुपैयाँ


  • 11.2K
    SHARES
    • चैत्र ७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 17.2K Views

    सुनको मूल्य ९९ हजार पाँच सय रुपैयाँ

    काठमाडौँ, ७ चैत । सुनको भाउ सोमबार तोलामा तीन सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँ कायम भएको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि,आइतबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

    सोमबार तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ तोकिएको छ । चाँदीको भाउ भने स्थिर छ । आइतबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा निर्धारण भएको छ ।

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी

  • तेस्रो आँखा
    लेखकबाट थप