तुलसीपुर, २ जेठ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, चाँदीको मूल्य भने स्थिर देखिएको छ। आज चाँदी प्रतितोला १,९४५ रुपैयाँ मा किनबेच भइरहेको छ।
