सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट


  • 2.6K
    SHARES
    • जेठ १३, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 4.0K Views

    सुनको मूल्यमा सामान्य गिरावट

    तुलसीपुर, १२ जेठ । सुनको मूल्य आज घटेको छ। हिजो तोलामा एक हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँ घटेको हो। 

    images

    मूल्य घटेर आज सुन प्रतितोला एक लाख ९१ हजार एकसय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो। यसअघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँ थियो। 

    गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

    चाँदीको भाउ भने आज पनि स्थिर छ। आज पनि चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमै किनबेच भइरहेको महासंघले जनाएको छ।  हिजो पनि चाँदी यही मूल्यमा किनबेच भएको थियो। 

     


    तेस्रो आँखा