ए गणतन्त्र तिम्रो नाम भजाई रहेकाछन।
ए गणतन्त्र तिम्रो अस्मिता लुटिरहेका छन।।
साच्ची तिमी नाउदा तिमिलाई खुबै फकाए।
अहिले तिमिलाई पाईसकेपछी तिम्रो मुल्य हिन
गरेकाछन।
हेर त गणतन्त्र तिम्रो प्रेमी त अर्कै थिए।
अहिले तिम्रो साथमा अर्कैछन जो तिम्रो
नाम सुन्न पनि चाहादैनथे।
साच्ची ती त्यसता संग कसरी दिन
काटिरहेकी छौ तिमिले।।
ए गणतन्त्र तिम्रो नाममा यहाँ
हत्याराहरु जेल मुक्त हुन्छन।
सोझा सिधा जनताहरु जन्म कैद भोग्छन।
तिम्रो ईमान बेच्ने ब्यपारिहरु।
प्रत्येक पार्टीको साईनबोर्ड राखेर गजदम्म भएकाछन।
ए गणतन्त्र तिमी जन्मिएको पनि 18 बर्ष भएछ।
हेर त तिमी संगै जन्मिएको भुईमान्छे आज
अरव र युरोप तिर भबिष्य खोज्दै छ।
न उसले तिम्रो स्पर्श गर्न पायो।
न त सुगन्ध नै लिन पायो।
बरु उल्टै भिजिट भिषामा उडिरहेछ दिनानु दिन।
गणतन्त्र तिमी गलत मान्छेको रखवारी भएकाछौ।
तिमी सच्चा गणतन्त्रवादिको सारथि बन्नै पर्छ।
मिसन पन्थ
गणतन्त्र दिवस २०८२ जेष्ठ
