• ट्रेण्डिङ्ग :
खेलकुदमा ६ अर्ब आठ करोड बजेट विनियोजित

खेलकुदमा ६ अर्ब आठ करोड बजेट विनियोजित


  • 2.4K
    SHARES
    • जेठ १६, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 3.6K Views

    खेलकुदमा ६ अर्ब आठ करोड बजेट विनियोजित

    काठमाडौँ, जेठ १५ । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब आठ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

    images

    सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०८२र०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा तथा खेलकुद मन्त्रालय र समग्र खेलकुद क्षेत्रको विकासका लागि उक्त रकम विनियोजन गरेको उल्लेख गर्नुभयो । यो नेपाली खेलकुद क्षेत्रले पाएको अहिलेसम्मकै ठूलो बजेट हो । 

    सरकारले खेलकुद क्षेत्रका छुट्याएको यस बजेट अघिल्लो आर्थिक वर्षकोभन्दा दुई अर्ब ५८ करोडले बढी हो । यसअघि अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रमा तीन अर्ब ५० करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो । 


    युवा तथा खेलकुदको बजेटमा १६ वर्षमाथिका युवालाई स्वयंसेवक परिचय पत्र प्रदान गरिने, युवालाई ब्यवसायमा लाग्न दुईदेखि बीस लाख रुपियाँ विनाधितो तीन प्रतिशत ब्याजमा उपलब्ध गराउने उल्लेख छ । 

    यस्तै बजेटमार्फत सरकारले खेल पूर्वाधारको निर्माण र ब्यवसायिकताको विकासका लागि लगानी बढाउने जनाएको छ । सरकारले बजेटमा निजि क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न प्रोत्साहन गर्ने पनि उल्लेख गरेको छ ।

    यस्तै झापामा अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण, फाप्ला, मुलपानी क्रिकेट मैदान, सिद्धार्थ क्रिकेट रङ्गशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानलगायत क्षेत्रीय स्तरका रङ्गशाला निर्माणका लागि ४२ करोड बजेट विनियोजन गरिएको छ । 

    यस्तै सरकारले कीर्तिपुर क्रिकेट मैदान निर्माण र स्तरोन्नतीका लागि ४० करोड विनियोजन गरेको  छ । सोलुखुम्बु मुस्ताङलगायतका हिमाली क्षेत्रमा हाइ अल्टिड्युड स्पोर्ट्स स्टेडियम निर्माण गर्न बजेट विनियोजन गरिएको छ ।

    बजेटमा चितवनको क्रिकेट रङ्गशाला निर्माणका लागि अनुदान उपलब्ध गराउने, कर्णालीमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ५४ करोड रुपियाँ विनियोजन गरेको छ । 

    बजेटमा एन्टी डोपिङ एजेन्सी सञ्चालन, खेलाडी र प्रशिक्षकलाई प्रोत्साहन, महिला खेलाडीको विकासका लागि प्रशिक्षक र प्रशिक्षणको उचित ब्यवस्था गरिएको छ । 

    अन्तर्राष्ट्रिय पदकप्राप्त खेलाडी र तिनका सन्तानलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने, खेलाडी र प्रशिक्षकलाई दिइँदै आएको प्रोत्साहन भत्तालाई निरन्तरता दिने ब्यवस्था गरेको पनि बजेटमा उल्लेख गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # आर्थिक वर्ष २०८२/८३ काे बजेट

  • तेस्रो आँखा