यातायात व्यवसायीले भोलिदेखि दाङ लगायत देशभर सार्वजनिक यातायात बन्द गर्ने

यातायात व्यवसायीले भोलिदेखि दाङ लगायत देशभर सार्वजनिक यातायात बन्द गर्ने


  • 11.1K
    SHARES
    • जेठ १९, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 17.0K Views

    यातायात व्यवसायीले भोलिदेखि दाङ लगायत देशभर सार्वजनिक यातायात बन्द गर्ने

    तुलसीपुर, १८ जेठ । यातायात व्यवसायीहरुले भोलिदेखि दाङसहित देशभर सार्वजनिक यातायात सेवा बन्द गर्ने भएको छ । उनिहरुले सरकारले आफ्नो माग सम्बोधन नगरेसम्म अनिश्चित कालका लागि यातायात बन्द गर्ने भएका हुन ।

    images

    आइतबार तुलसीपुरमा पत्रकार सम्मेलनकाे आयोजना गर्दै दाङ लगायत देशभर अनिश्चितकालका लागि भोलिदेखि बन्द घोषणा गर्ने जानकारी दिएको थियो । सार्वजनिक यातायात बचाउ केन्द्रीय महासंहरु मजदुर संघ/संगठनहरुको केन्द्रीय संघर्ष समितिको आयोजनामा अनिश्चितकालिन दाङ लगाएत देशभर यातायात बन्द गर्न घोषणा गरेको हो । निजी सवारीसाधनलाई यात्री बोक्ने सुबिधासरह सञ्चालनाको अनुमति दिने गरि सबै प्रदेश सरकारले नियमावली ल्यान लागेको भन्दै व्यवसायीहरु आन्दालित भएका हुन ।

    ‘संविधान विपरीत’ प्रदेश सरकारले ल्याएका कानुन कार्यान्वयन गर्दा सार्वजनिक यातायात विस्थापित हुने अवस्था सिर्जना भएकाले आन्दोलन गर्नुको विकल्प नभएको त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले बताउनुभयो । यातायात व्यवसायले थालेका आन्दोलन सम्पुर्ण व्यवसायी, मजदुर, कर्मचारी र अटो संगठन सबैको हितमा भएकाले आन्दोलनमा सहभागी हुन आग्रह गर्नुभयो ।

    स्कुल बस, एम्बुलेन्स, प्रेस, दमकल पानी ट्याङ्कर लगायत आकस्मिक सवारीसाधनहर बाहेक बाकि सबै यातायात बन्द गर्ने अध्यक्ष हमालले बताउनुभयो । 
    आन्दोलन सफल बनाउन तुलसीपुर पवन बुढाथोकी, घोराहीमा भरतनाथ योगी र लमहीमा नारायण न्यौपानेलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

    यस्तो छ व्यवसायीले सातै प्रदेश सरकारलाई बुझाएको मागपत्र 
     
    १. सवारी ऐन, २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी संघीय ऐनसँग बाझिने गरी सातै प्रदेश सरकारहरूले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२/२/१ गते राजपत्रमा प्रकाशित गरी निजी सवारिसाधन रातो प्लेट सञ्चालन गर्न ल्याएको नियमावली, २०८२ दफा २ को ‘ज’ तत्काल खारेजीको माग गर्दछौँ ।
    २.सर्वोच्च अदालतबाट संघसंस्था दर्ता ऐन, २०३४ मा रहेका संघ समिति नवीकरण सम्पत्ति फुकुवाको मिति २०८०/१२/२० गतेको परमादेश तत्काल कार्यान्वयनको माग गर्दछौँ ।
    ३. सवारी ऐन, २०४९ संशोधनको क्रममा रहेको अवस्थामा नेपाल सरकारसँग यातायात व्यवसायी महासंघहरू र मजदुर संघसंगठनहरूसँग विभिन्न मितिमा भएको सम्झौता–सहमतिहरू र नेपाल सरकारबाट गठित विभिन्न कार्यदलका सुझाव प्रतिवेदनहरू यथाशीघ्र कार्यान्वयनको माग गर्दछौँ ।
    ४. मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ को दफा १३ अनुसार स्वदेशी तथा विदेशी सवारीसाधनको भारवहन क्षमता कडाइका साथ लागू गर्न माग गर्दछौँ ।
    ५.सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्न माग गर्दछौँ ।
    ६. बिमादर निर्देशिका, २०७३ लाई समयानुकूल संशोधन गरी दुर्घटना क्षतिपूर्ति तथा उद्धार, राहतको लागि दुर्घटना राहतकोषको स्थापनागरी ढुवानी ऐन लागु गरी मालवस्तुमा अनिवार्य बिमा गर्ने नीति बनाई यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, उपभोक्तामुखी, प्रविधिमैत्री बनाउन अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गर्ने माग गर्दछौँ ।
    ७. छिमेकी मुलुकहरूबाट नेपाल प्रवेश गर्दा मालवाहक तथा यात्रुवाहक सवारीसाधनले नेपालको भन्सार नाकामै ७२ घण्टे सुविधा पाउने असमान नीति भएकोले तत्काल सम्बोधनको माग गर्दछौँ ।

  • सम्बन्धित विषय:

  • # अनिश्चितकालीन यातायात बन्द

  • तेस्रो आँखा