सार्वजनिक यातायात नचल्दा सर्वसाधारणलाई सास्ती, तुलसीपुरका मुख्य सडक सुनसान

सार्वजनिक यातायात नचल्दा सर्वसाधारणलाई सास्ती, तुलसीपुरका मुख्य सडक सुनसान


  • 9.4K
    SHARES
    • जेठ २०, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 14.4K Views

    सार्वजनिक यातायात नचल्दा सर्वसाधारणलाई सास्ती, तुलसीपुरका मुख्य सडक सुनसान

    तुलसीपुर, १९ जेठ । सार्वजनिक यातायात नचल्दा सर्वसाधारणलाई सास्ती भएको छ । दाङको तुलसीपुर पश्चिम नेपालको एक प्रमुख सहर हो । जहाँबाट सल्यान, रुकुम पुर्वी, रुकुम पश्चिम, रोल्पा, सुर्खेत लगायत पहाडी जिल्लाहरुमा पुग्नका लागि यातायात सञ्चालन हुने प्रमुख ठाउँ हो । सार्वजनिक यातायात सेवा बन्द भएकाले यहाँका मुख्य सडकहरु सुनसान देखिएका छन । यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । 503264563_10045190622264464_7534409829294899052_n.jpg

    images

    गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधस्वरूप आन्दोलनरत यातायात व्यवसायीहरूले आज देशभर सार्वजनिक यातायातका साधनहरू ठप्प पार्दा हजारौं यात्रुहरूले चरम सास्ती व्यहोर्नुपरेको छ भने जनजीवन नै प्रभावित बनेको छ ।

    यातायात व्यवसायीहरूको छाता संगठन, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले कालो नम्बर प्लेटका सम्पूर्ण लामो तथा छोटो दूरीका सवारी साधनहरू सातवटै प्रदेशमा बन्द गरिएको जानकारी दिनुभयो । दाङ उपत्यका सहित देशभर यस बन्दबाट पूर्ण रूपमा प्रभावित भएको छ । लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनहरू नचल्दा सडकहरू आज बिहानैदेखि प्रायः सुनसान देखिएका छन्।

    सडकमा निजी मोटरसाइकल, कार र केही सीमित ट्याक्सीहरू फाट्टफुट्ट देखिए पनि आम सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक बस, माइक्रोबस र टेम्पोहरू भने ग्यारेजबाट बाहिर निस्केका छैनन् । सधैं यात्रुहरूको भीडले खचाखच हुने बस बिसौनीहरूमा आज गाडी कुरिरहेका यात्रुहरूको पातलो उपस्थिति देखिन्थ्यो ।503486941_10045190132264513_694170822412849904_n.jpg

    कतिपय यात्रुहरू वैकल्पिक माध्यमका रूपमा पठाओजस्ता राइड सेयरिङ सेवा प्रयोग गर्दै थिए भने कतिपय पैदलै आफ्नो गन्तव्यतर्फ लागिरहेका दृश्यहरू आम थिए । दाङ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि अघिल्ला दिनहरूको तुलनामा आज सार्वजनिक सवारी साधन अत्यन्त न्यून संख्यामा मात्र सञ्चालनमा रहेको बताएको छ ।
    स्कुल बस, एम्बुलेन्स, प्रेस, दमकल पानी ट्याङ्कर लगायत आकस्मिक सवारीसाधनहर सञ्चालनमा रहेका छन ।