संस्कृतिविद सत्यमोहन जोशीद्वारा महाकाव्य दङ्गि उर्वशी विमोचन 

संस्कृतिविद सत्यमोहन जोशीद्वारा महाकाव्य दङ्गि उर्वशी विमोचन 


  • 9.8K
    SHARES
    • चैत्र ८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 15.1K Views

    संस्कृतिविद सत्यमोहन जोशीद्वारा महाकाव्य दङ्गि उर्वशी विमोचन 

    काठमाडौं, ८ चैत। अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरको आयोजनमा कवि डाक्टर गोविन्द आचार्यद्वारा लिखित ‘दङ्गि उर्वशी’ महाकाव्यकाे विमोचन गरिएकाे छ। आज विमोचन कार्यक्रमका शताब्दी पुरुष सत्यमोहन जोशीले महाकाव्यकाे विमाेचन गरेका हुन् ।  

    images

    महाकाव्य लोकार्पण गर्दै शताब्दी पुरुष सत्यमोहन जोशीले इतिहास साहित्य र संस्कृति हाम्रा धरोहर र वैभव हुन् तिनको संरक्षण आजको सचेत नागरिकको दायित्व भएकाे बताए । उनले महाकाव्यमा पनि मिथक संस्कृतिको प्रयोग भएकोमा खुशी लागेको कुरा बताए। अन्तर्राष्ट्रिय साहित्य समाज नेपालको व्यानरमा जोशी निवासमा भएको पुस्तक विमोचन समारोहको अध्यक्ष सो समूहकी नेपाल च्याप्टरकी अध्यक्ष साहित्यकार सन्ध्या पहाडीको सभापतित्वमा सम्पन्न भएको थियो।

    275997805_4958130974270798_6434268707615928752_n.jpg

    कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. खगेन्द्रप्रसाद लुइंटेल प्रा. कोषराज न्यौपाने, रमेश खकुरेल र अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले बधाई र शुभकामना मन्तव्य व्यक्त गरेका थिए। अनेसासकी उपाध्यक्ष गीता कार्कीले संचालन गरेकाे कार्यक्रममा अनेसासकी अर्की उपाधयक्ष गीता मैनालीले स्वागत मन्तव्य व्यत्त गरेकी थिइन्। ख्याति प्राप्त गायिका लोचन भट्टराई, साझा प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोख्रेल, भुवनहरि सिग्देल र छन्द वाचनमा लोकप्रिय कवि इन्दिरा दाहाललगायतले विमोचित कृतिमा प्रायोगिक विभिन्न छन्दका कविता वाचन गरेका थिए।

    महाकाव्यकार डाक्टर आचार्यले आफ्नो मन्तव्यमा आफ्नो काव्य यात्रा र महाकाव्य यात्रासम्मको अनुभव सुनाउँदै साहित्यकारका सहजता र जटिलताबारे आफ्नो स्वानुभूति राखेका थिए। कार्यक्रममा थुप्रै साहित्यकार, प्राज्ञिक व्यक्तित्व,संविधान विद् भीमार्जुन आचार्य, प्राध्यापक विश्व विद्यालयका एमफिल (पिएचडी) लेवलका शोधार्थी साहित्यप्रेमीसहित सर्वसाधारणको उपस्थिति रहेकाे थियाे । 


    तेस्रो आँखा