सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट


  • 2.1K
    SHARES
    • जेठ २८, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 3.2K Views

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    काठमाडौँ,  जेठ २७  ।  सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मोल रु एक लाख ९० हजार कायम भएको छ । सोमबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ९० हजार ६०० मा खरिदबिक्री भएको थियो ।

    चाँदीको मूल्यमा पनि केही फेरबदल भएको छ । आज एक तोला चाँदी रु दुई हजार १५० मा कारोबार भइरहेको छ । सोमबार एक तोला चाँदी रु दुई हजार १६५ मा किनबेच भएको थियो ।

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३१६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

     


    तेस्रो आँखा