• ट्रेण्डिङ्ग :
काबेली बी–१ र क्यासकेट आयोजनाको उत्पादन सुचारु

काबेली बी–१ र क्यासकेट आयोजनाको उत्पादन सुचारु


  • 4.4K
    SHARES
    • जेठ २८, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 6.8K Views

    काबेली बी–१ र क्यासकेट आयोजनाको उत्पादन सुचारु

    ताप्लेजुङ, जेठ २७ गते। ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको काबेली खोलाबाट उत्पादित काबेली बी–१ र काबेली बी–१ क्यासकेट जलविद्युत् आयोजनाको उत्पादन सुचारु भएको छ। आयोजनाको आन्तरिक कामका कारण बन्द भएको पाँच दिनपछि उत्पादन सुचारु भएको हो।

    images

    अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा उत्पादित २५ मेवागाट क्षमताको काबेली बी–१ जलविद्युत् आयोजना र १० मेगावाट क्षमताको काबेली बी–१ क्यासकेट जलविद्युत् आयोजनाको उत्पादन मङ्गलबार बिहानदेखि सुचारु भएको हो। आयोजनाको आन्तरिक काम सम्पन्न भएपछि दुवै आयोजनाको उत्पादन एकसाथ सुरु भएको कम्पनी लिमिटेडका सम्पर्क अधिकृत डिल्ली सुवेदीले जानकारी दिनुभयो।

    सम्पर्क अधिकृत सुवेदीका अनुसार गएको बिहीबारदेखि आयोजनाको उत्पादन बन्द भएको थियो। विद्युत गृहमा रहेको उपकरण मर्मतलगायत आन्तरिक काम गर्नुपर्ने भएकाले काबेली बी–१ र क्यासकेट दुवै आयोजनाको उत्पादन बन्द गरिएको थियो। काबेली बी–१ जलविद्युत आयोजनाको उत्पादन २०७६ र काबेली बी–१ क्यासकेट जलविद्युत आयोजनाको उत्पादन २०७८ सालदेखि सुरु भएको हो।

     


    तेस्रो आँखा