काठमाडौं, ८ चैत । चर्चित बलिउड अभिनेत्री सोनम कपुर विवाह गरेको चार वर्षपछि आमा बन्न लागेकी छिन्।
सोनमले सोमबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिरका साथमा आमा बन्ने खबर शेयर गर्दै खुसी व्यक्त गरेकी छिन्। सार्वजनिक भएको तस्बिरमा सोनम कपुरको बेबी बम्प पनि देखिएको छ।
सोनम कपुरले सन् २०१८ मा व्यापारी आनन्द आहुजासँग विवाह गरेकी थिइन्। तस्बिरमा पति आनन्द आहुजा सोनमको बेबी बम्पसँग पोज दिइरहेका छन्।
सोनम पछिल्लो पटक द जोया फ्याक्टर फिल्ममा देखिएकी थिइन्। तस्बिर सार्वजनिक हुनेबित्तिकै फ्यान र साथीहरूले जोडीलाई बधाई दिइरहेका छन्।
