दशकको उत्कृष्ट महिला खेलाडीमा सावित्रा भण्डारी (साम्बा)

दशकको उत्कृष्ट महिला खेलाडीमा सावित्रा भण्डारी (साम्बा)


  • 15.6K
    SHARES
    • चैत्र ८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 23.9K Views

    दशकको उत्कृष्ट महिला खेलाडीमा सावित्रा भण्डारी (साम्बा)

    काठमाडौं, ८ चैत । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा मंगलबार दशककै सर्वोत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । 

    images

    साम्बा उपनामले पुकारिने नेपाली राष्ट्रिय टोलीकी गोल मसिन सावित्राले ३४ खेलमा ३८ अन्तर्राष्ट्रिय गोल गरेकी छन् ।

    सन् २०१४ देखि २०१९ को बीचमा सावित्रा प्रेरित नेपाली महिला राष्ट्रिय टोलीले ६ पटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलसम्मको यात्रा गरिसकेको छ । यस क्रममा नेपाली महिला टोली दुई पटक साफ च्याम्पियनसिप र दुई पटक दक्षिण एसियाली खेलकुद (साग)को फुटबल तथा हिरो उमेन्स गोल्डकप र नाडेजा कपमा एक– एक पटक फाइनल पुगेको थियो ।

  • सम्बन्धित विषय:

  • # सावित्रा भण्डारी

  • तेस्रो आँखा
    लेखकबाट थप