पारस खड्का दशकको सर्वोत्कृष्ट नेपाली खेलाडी

पारस खड्का दशकको सर्वोत्कृष्ट नेपाली खेलाडी


  • 10.4K
    SHARES
    • चैत्र ८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 15.9K Views

    पारस खड्का दशकको सर्वोत्कृष्ट नेपाली खेलाडी

    काठमाडौं, ८ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का पछिल्लो दशकको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । 

    images

    नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष कोभिड महामारीको चपेटामा परेर खेलक्षेत्र गतिविधि शून्य भएका कारण फरक स्वरूपमा गरेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा पारस दशकको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। 

    मञ्चले प्रत्येक वर्ष अघिल्लो वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई पुरस्कृत गर्ने गरेकोमा यसपालि भने पछिल्लो दशकभरको सफलतालाई मानक मान्दै अवार्ड वितरण गरेको थियो । जहाँ अन्य विभिन्न विधाका खेलकर्मीसँगै दशकको उत्कृष्ट खेलाडी पुरुष र महिला तथा प्रशिक्षक सम्मानित भएका थिए । 

    मंगलबार प्रज्ञा भवनमा भएको नेपाली खेलकुदको सबैभन्दा ठूलो अवार्ड कार्यक्रममा पारस सम्मानित भए । उनी यसअघि एक पटक युवा विधासमेत गरी अवार्डमा पाँच पटक वर्षको उत्कृष्ट खेलाडी घोषित भइसकेका थिए । 

    नेपाली क्रिकेटलाई विश्व क्रिकेट लिग डिभिजन पाँच बाट चार, तीन र दुई हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउनमा पारसको व्यक्तिगत प्रदर्शन तथा नेतृत्वदायी भूमिका महत्त्वपूर्ण थियो ।

    सन् २०१३ मा युएईमा भएको एसिसी ट्रफी जिताउन सफल कप्तान पारसले लगत्तैको वर्ष नेपाललाई पहिलो र अहिलेसम्मकै एकमात्र ट्वान्टी ट्वान्टी  विश्वकप सम्म पुर्‍याउँदा सफल नेतृत्व गरेका थिए । 
     
    सन् २०१८ मा नेपाललाई एकदिवसिय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउनुमा पारसमा पारसको भूमिका महत्वपूर्ण थियो।

  • सम्बन्धित विषय:

  • # क्रिकेटर

  • तेस्रो आँखा
    लेखकबाट थप