• ट्रेण्डिङ्ग :
सल्यानका १० पालिकाकाे बजेट : सबैभन्दा बढी शारदा, कम सिद्व कुमाख

सल्यानका १० पालिकाकाे बजेट : सबैभन्दा बढी शारदा, कम सिद्व कुमाख


  • 12.9K
    SHARES
    • आषाढ १२, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 19.9K Views

    सल्यानका १० पालिकाकाे बजेट : सबैभन्दा बढी शारदा, कम सिद्व कुमाख

    तुलसीपुर, ११ असार । सल्यान जिल्लाका १० वटा पालिकाले आर्थिक बर्ष २०८३/८३ काे बजेट सार्वजनिक गरेका हुन । असार १० गते प्रत्येक स्थानीय तहले सार्वजनिक गरेकाे बजेटमा सल्यानका १० वटा पालिकाहरु मध्ये सबैभन्दा बढि बजेट शारदा नगरपालिकाले ल्याएको छ । 

    images

    आर्थिक बर्ष २०८२/८३ काे लागि शारदा नगरपालिकाले १ अर्ब १९ करोड २९ लाख १२ हजार बजेट सार्वजनिक गरेको छ । त्यस्तै सबैभन्दा कम बजेट विनियोजन गर्ने गाउँपालिका सिद्व कुमाख रहेको छ । यस्ले ३५ करोड ३७ हजार रुपैया बजेट सार्वजनिक गरेको छ । 


    स्थानीय तहहरुबाट प्रस्तुत बजेटहरुमा पुर्वाधार विकास निर्माण, स्वास्थ्य, शिक्षा, राेजगार, सिपमुलक तालिम, कृषि, सामाजिक सुरक्षा, पुर्वाधार विस्तार तथा महिला सहभागीता, बालबालिका र वृद्वजन लक्षित कार्यक्रमहरुमा केन्द्रीत छन । 

    वनगाड नगरपालिकाले कुल ७९ करोड बजेट सार्वजनिक गरेको छ । जस्मा चालुतर्फ ५२ करोड १३ लाख र पुँजीगततर्फ २६ करोड ८७ लाख बजेट विनियोजन गरेको छ । त्यस्तै बागचाैर नगरपालिकाले याे आर्थिक बर्षकाे लागि करिब करिब ७२ कराेड अनुमानित रकम बिनियाेजन गरेकाे छ ।

    छत्रेश्वरी गाउँपालिकाले याे आर्थिक बर्षकाे लागि ५२ करोड ५३ लाख ३८ हजार १ सय १४ रुपैया बजेट विनियोजन गरेको छ । साथै दार्मा गाउँपालिकाले ४४ करोड ९२ लाख ४६ हजार २१२ रुपैयाँ बजेट सार्वजनिक गरेको छ । त्यस्तै त्रिवेणी गाउँपालिकाले ४५ करोड ८४ लाख ४१ हजार ५ सय ८४ रुपैयाँ बजेट पारित गरेको हाे । 

    यस्तै कपुरकाेट गाउँपालिकाले आव २०८२/८३ काे लागि कुल बजेट ४२ करोड ६८ लाख ८८ हजार बजेट सार्वजनिक गरेको छ भने चालूतर्फ २७ करोड ७५ लाख ३४ हजार र पुँजीगत तर्फ १४ करोड ९३ लाख ५४ हजार बजेट पारित गरेको हाे । त्यस्तै कुमाख गाउँपालिकाले अनुमानित ४९ करोड बजेट विनियोजन गरेको छ । 

    साथै सिद्व कुमाख गाउँपालिकाले ३५ करोड ३७ लाख बजेट सार्वजनिक गरेको छ । कालिमाटी गाउँपालिकाले ४९ करोड ९५ लाख बजेट याे आर्थिक बर्षकाे लागि बजेट  विनियोजन गरेको छ ।