सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


  • 3.3K
    SHARES
    • आषाढ ३१, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 5.0K Views

    सुनको मूल्य स्थिर, चाँदीको घट्यो

    काठमाडौँ,  असार ३१ ।  सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने रु ४० ले घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा रु ४०० ले वृद्धि भई सोमबार रु एक लाख ९३ हजार ३०० कायम भएकामा आजका निम्ति पनि त्यति नै मोल निर्धारण भएको हो । 

    त्यसैगरी, एक तोला चाँदीको मूल्य रु दुई हजार २७५ कायम भएको छ ।

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मोल तीन हजार ३६३ अमेरिकी डलर निर्धारण भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रासस


    तेस्रो आँखा