अस्टिन,टेक्सास
"पूर्ण राई र दाजुभाईहरु सांगीतिक ब्याण्ड" को प्रस्तुती टेक्सासको राजधानी शहर अस्टिनमा हुने भएको छ । आयोजक नेपरिकन ईन्टरटेनमेन्टले अस्टिनको फोर्थ स्ट्रिटमा रहेको द कन्ट्रियार्ड एटिएक्स भेन्युमा अगस्टको २ गते शनिवार सो सांगीतिक कार्यक्रम गर्न लागेको हिजो अस्टिनमा आयोजित एक पत्रकार भेटधाट कार्यक्रममा जानकारी दिईयो । अस्टिन शहरलाई अमेरिका मात्र नभएर संसारकै लाईभ गीत संगीतको राजधानी मानिन्छ । अमेरिकाकै प्रसिद्ध म्युजिक ब्याण्डहरुले यहॉ प्रस्तुति दिने गर्छन । सांगीतिक कार्यक्रमले यहॉका युवा जगतलाई नेपाल लगाएत संसारभरका मानिसहरु संग जोडन उत्साहित गर्ने आयोजकको अपेक्षा रहेको छ ।प्रेस मिटको आयोजना सिडर पार्कमा रहेको रेस्टुरेन्ट "याक एन यतिमा" आयोजना गरिएको थियो। उक्त मनोरन्जनात्मक कार्यक्रयममा खान-पानको जिम्मा पनि याक एन यति रेस्टुरेन्टको नै छ
