तुलसीपुरमा छायांकन गरिएको "चट्टै माया लै लै" बाेलकाे तिज गित सार्वजनिक (भिडियोसहित)

तुलसीपुरमा छायांकन गरिएको "चट्टै माया लै लै" बाेलकाे तिज गित सार्वजनिक (भिडियोसहित)


  • 11.3K
    SHARES
    • श्रावण ११, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 17.4K Views

    तुलसीपुरमा छायांकन गरिएको "चट्टै माया लै लै" बाेलकाे तिज गित सार्वजनिक (भिडियोसहित)

    तुलसीपुर, १० साउन । दाङको तुलसीपुरमा रहेको भाइरल माेतिपुरमा छायांकन गरिएको "चट्टै माया लै लै" बाेलकाे तिज गित सार्वजनिक गरिएको छ । 
    गितकाे म्युजिक भिडियो शनिबार एचआर क्रियसन नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हाे ।

    images

    चर्चित गायक भागिरथ चलाउने र माया केसीकाे आवाजमा रहेको गितकाे निर्देशन झग्गु भण्डारीकाे रहेको छ । 

    म्युजिक भिडियोमा चर्चित संचारकर्मी एचआर मगर र माया केसीकाे अभिनय रहेको छ । गित दाङकाे तुलसीपुरका विभिन्न ठाउँमा छायांकन गरिएको छ । 
    माैलिक तथा सांस्कृतिक शैलीमा तयार पारिएको गितले नेपाली महिलाहरुकाे महान चाड हरितालिका तिजलाई थप रमाइलो बनाउने सहयोग गर्ने छ ।

    माेडेल तथा कलाकार माया केसीले तिज बिशेष गित सार्वजनिक गर्दा महिला दिदिबहिनीहरुकाे भावनात्मक र माैलिकत्मक उजागर गर्ने गरिएको उहाँले जानकारी दिनुभयो  । गितलाई सबैले हेरेर प्रतिक्रिया दिन आम दर्शक श्राेताहरुलाई हार्दिक अपिल गर्नुभयो । 

    साथै गित सार्वजनिक भएको केहि समयमै राम्रो भिउज गएको छ । अझै राम्रो तरिकाले गित चलाउनका लागि दर्शकहरुकाे आवश्यक रहेकाले सबैले हेरेर प्रतिक्रिया दिन संचारकर्मि एचआर मगरले अपिल गर्नुभयो  । भिडियो छायांकन दाङमै गरिएको हुनाले दर्शककाे माया पाउने विश्वास व्यक्त गर्नुभयो । 

    https://youtu.be/yEeSJ0ZoiGA?si=msBgXsnCSkic9fZq

  • सम्बन्धित विषय:

  • # "चट्टै माया लै लै"

  • तेस्रो आँखा