सेयर बजारमा २० अंकको गिरावट, कारोबार रकम पनि घट्यो

सेयर बजारमा २० अंकको गिरावट, कारोबार रकम पनि घट्यो


  • 8.0K
    SHARES
    • चैत्र ९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    सेयर बजारमा २० अंकको गिरावट, कारोबार रकम पनि घट्यो

    काठमाडौं, ९ चैत । नेपाली सेयर बजार नेप्सेमा बुधबार २० दशमलव ३४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से २६ सय ३० अंकमा पुगेर बन्द भएको छ । 

    images

    स्टक एक्सचेन्जका अनुसार कारोबार रकममा समेत उलेख्य गिरावट आएको छ । ३९ लाख ८५ हजार पाँच सय ७४ सेयरको किनबेच हुँदा दुई अर्ब चार करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो रकम मंगलबारभन्दा ४७ करोडले कम हो । मंगलबार दुई अर्ब ५१ करोड ८८ लाख ९४ हजार एक सय ७८ रुपैयाँको सेयर कारोबार भएको थियो। 

    नेप्सेमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ नेपाल कम्पनीको सेयरले सर्किट मूल्य १०/१० प्रतिशतले बढेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६८ रुपैयाँले बढेर ७४५ रुपैयाँ र इमर्जिङ नेपाल कम्पनीको सेयर मूल्य ६२ रुपैयाँले बढेर ६९१ रुपैयाँ पुगेको छ । 

    नेप्सेमा २२६ कम्पनीका सेयर करोड हुँदा ४८ कम्पनीका सेयरधनीले नाफा कमाए भने एक सय ६५ कम्पनीका सेयरधनीले गुमाएका छन्।

  • सम्बन्धित विषय:

  • # सेयर बजार

  • तेस्रो आँखा
    लेखकबाट थप