काठमाडौं, ९ चैत । पछिल्लो २४ घण्टामा नेपालभर ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालभर पाँच हजार तीन सय ७६ जनाको नमुना परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीन हजार आठ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा ३४ जनामा र एक हजार पाँच सय २१ जनाको एन्टीजेन परीक्षण गर्दा चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमको कारण शून्य जनाको मृत्यु भएको छ भने दुई सय ६९ जना संक्रमित निको भएका छन् ।
हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या दुई हजार चार सय ५३ रहेको छ ।

