• ट्रेण्डिङ्ग :
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो


  • 3.1K
    SHARES
    • भाद्र ८, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 4.8K Views

    सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौँ,  भदौ ८  । स्थानीय बजारमा गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा रु. दुई हजार ३०० र चाँदीमा रु. ४० ले बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ९७ हजार ५०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु. दुई हजार ३५० मा खरिदबिक्री भइरहेको छ । 

    शुक्रबार एक तोला सुन रु. एक लाख ९५ हजार २०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु. दुई हजार ३१० मा क्रयविक्रय भएको थियो । 

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस


    तेस्रो आँखा