• ट्रेण्डिङ्ग :
तुलसीपुर उपमहानगरलाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्ने

तुलसीपुर उपमहानगरलाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्ने


  • 3.4K
    SHARES
    • भाद्र १५, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 5.2K Views

    तुलसीपुर उपमहानगरलाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्ने

    तुलसीपुर, १५ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिकालाई भदौ २८ गते  सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिने भएको छ । 
    आइतबार तुलसीपुर उपमहानगरपालिकामा सहयोगापेक्षी सडक मानवमुक्त पालिका घोषणा घोषणा गर्नेको लागि सरोकारवाल निकायहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

    images

    तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक तथा ११ नम्बर वडाका वडा अध्यक्ष मान बहादुर रावतको अध्यक्षतामा, नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा तथा आश्रमको केन्द्रीय अध्यक्ष राम्जि अधिकारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

    अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख टिकाराम खड्काले मानवमुक्त सडक घोषणा गर्ने मात्र नभइ यसलाई प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । तुलसीपुर सहरलाई मानवमुक्त  सडक घोषणा र यसको कार्यान्वयनका लागि सबै निकायहरूको सार्थक भुमिका हुने जानकारी दिनुभयो । 

    नगर प्रमुख खड्काले सडक पेटिमा देखिने जुनसुकै व्यक्तिलाइ पनि सम्बन्धि निकायमा बुझाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ञसडक आश्रित मानव जनसंख्या घटाउने बढाउन कुरा होइना, भविष्यमा हामी आफै पनि सडकमा जाने दिन पनि आउछ । यस्ता खालका समस्याहरुलाई समाधान गर्न तीन तहका सरकारको दायित्व रहेको उहाँको भनाइ छ  । 8d74e108-2923-4f02-813c-a62a503400b8.jpeg

    अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले मानवमुक्त  सडक घोषणा गर्ने मात्र नभई यसलाई प्रभावकारी कार्यान्वयन गर्ने, सडकपेटिमा भेटिएका नागरिकहरुलाई सम्बन्धि निकायको जिम्मा लगाउने, मानव सेवा आश्रमले सकेसम्म परिवारसँग पुनर्मिलन गराउने, मृत्यु पश्चात् नेपाली धर्मसंग जोडिएका कामहरु गर्ने र मृत्यु पश्चात् पोष्टमाटर्म गर्ने लगायतका बिषयहरुलाई पनि समावेश गराउन आग्रह गरेका थिए ।

    मानव सेवा आश्रमका केन्दिय अध्यक्ष राम्जि अधिकारीले सबै सरोकारवाल निकायहरुको सहभागिमा मात्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त स्थानियतह हुदै प्रदेश र राष्ट्र बनाउन सकिने बताउनुभयो । उहाँले सबै सरकारहरुलाई आफनो अधिकारमा पर्ने क्षेत्र अनुसार काम गर्न आग्रह गर्नुभयो । 

    पहिलो उपमहानगररपालिका रुपमा हेटौडा उपमहानगरलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त पालिका घोषणा गरिसकेको छ । यसअघि गोरखा नगरपालिका सहयोगापेक्षी सडक आश्रित मानवमुक्त पालिका घोषणा भइसकेको छ भने गण्डकी र कर्णाली गरी दुई प्रदेशसमेत यसरी नै घोषणा भइसकेका छन् ।

    मानव सेवा आश्रम तुलसीपुरले हालसम्म २६४ जना सडक मानवको उद्दार गरेको छ । तीमध्ये १५५ जना महिला, ८२ जना पुरुष र १८ वर्ष मुनिका २६ जना बालबालिका रहेका छन् । उद्दार गरिएकामध्ये ११० जनाको पारिवारिक पुनर्मिलन भएको छ भने हाल आश्रममा ६६ जना रहेका छन् । जसमध्य १९ महिला र ४१ पुरुष आश्रित रहेका छन् ।

     


    तेस्रो आँखा