एक तोला सुनको मूल्य दुई लाख पाँच हजार नौ सय

एक तोला सुनको मूल्य दुई लाख पाँच हजार नौ सय


  • 3.3K
    SHARES
    • भाद्र १७, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 5.1K Views

    एक तोला सुनको मूल्य दुई लाख पाँच हजार नौ सय

    काठमाडौँ,  भदौ १७ ।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु। दुई लाख पाँच हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

    images

    सोमबार प्रतितोला सुन रु। दुई लाख पाँच हजार ३०० मा कारोबार भएकोमा आज प्रतितोला रू। छ सय बढेको हो । चाँदीको मूल्य प्रतितोला रू। १५ ले बढेर रु। दुई हजार ४८५ पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार नेपाली उपभोक्ताको मागका कारण नभई  विश्व राजनीति र अर्थतन्त्रमा उत्पन्न उतारचढावका कारण सुनको मूल्य बढेको हो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ४९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस


    तेस्रो आँखा