विश्वकप छनोटः चिलीमाथि ब्राजिलको सहज जित

विश्वकप छनोटः चिलीमाथि ब्राजिलको सहज जित


  • 9.2K
    SHARES
    • चैत्र ११, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 14.2K Views

    विश्वकप छनोटः चिलीमाथि ब्राजिलको सहज जित

    काठमाडौं, ११ चैत । दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गत ब्राजिलले चिलीमाथि सहज जित निकालेको छ ।

    images

    शुक्रबार र्भको खेलमा ब्राजिलले चिलीलाई चार शून्य गोल अन्तरले पराजित गरेको हो । 

    छनोटको शिर्ष स्थानमा रहेको ब्राजिल पहिलो स्थानमा रहँदै यसअघि नै विश्वकपमा छनोट भैसकेको छ । दक्षिण अ‍ेरिकाबाट चार राष्ट्र छनोट हुनेमा अर्जेन्टिना दोस्रो स्थानमा रहँदै छनोट भएको छ भने अब दुई टोलीका लागि मात्र स्थान बाँकी छ । 

    खेलको ४४ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए ।

    त्यसपछि पहिलो हाफको  इन्जुरी समयमा भिनिएइस जुनियरले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

    खेलको ७२ औं मिनेटमा पाएको पेनाल्टीमा फिलिपे कौटिन्होले गोल गर्दै गोल अन्तरलाई तीन शून्यमा पुराए । 

    अन्तिमा खेलको इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई चार शून्यको जित दिलाए ।   

    ब्राजिलले १६ खेलबाट ४२ अंक जाड्दै शिर्ष स्थान कायम राखेको छ भने दोस्रो स्थानको अर्जेन्टिनाको १५ खेलमा ३५ अंक रहेको छ । तेस्रो र चौथो स्थानको इक्वेडर र उरुग्वेको समान १७ खेलमा समान २५ अंक छ । पाँचौ स्थानको पेरुको २१, छैटौं स्थानको कोलम्बियाको २०, सातौं स्थानको चिलीको १९ र आठौं स्थानको पराग्वेको १६ अंक छ । 
     

  • सम्बन्धित विषय:

  • # विश्वकप छनोट

  • तेस्रो आँखा
    लेखकबाट थप